गायक बाँनियाको नि’ध’न

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ ७

काठमाडौं – गायक तथा सर्जक रत्न बाँनियाको निधन भएको छ । उनको बुधबार बिहान ३ बजे चाबहिलस्थित ॐ अस्पतालमा उपचारको क्रममा निधन भएको उनका भतिज राजु बाँनियाले जानकारी दिए । दुबै मिर्गौलाले काम गर्न छोडेपछि विगत दुई वर्षदेखि उनी उपचार थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवम् झरना संगीतका संचालक समेत रहेका बानियाँले गीतसंगीतको क्षेत्रमा लामो समय योगदान दिएका छन् । उनी गायकको अलवा संगीकाकार तथा गीतकार समेत रहेका थिए ।

उनको ‘लडाईंको लाहुरे’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी‘, ‘यति राम्रो झिल्के’, ‘स्याङ्जा दहथुम’लगायत सयौ गीतले चर्चा पाएका छन् । बानियाँको आजै पशुपति आर्यघाटमा अन्तिमसंस्कार गरिनेछ । बाँनियका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *