राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ।
मंगलबार उनीविरूद्ध आयोगमा उजुरी परेको आयोगका उपन्यायधीवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए। उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्।

तर उनले नागरिकता त्यागेको बताए मात्रै वा प्रक्रिया पूरा गरे भन्ने यकिन भइसकेको छैन।
अर्कातिर कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिइसकेपछि त्यो नेपाली नागरिकता स्वतः खारेज हुने उजुरीकर्ताहरूले बताएका छन्। उनीहरूका अनुसार विदेशी नागरिकता लिएको व्यक्तिले नेपाल फर्केर विदेशी नागरिकता त्याग गरेपछि पुनः नयाँ नेपाली नागरिकता लिनुपर्छ। खारेज भइसकेको पुरानो नेपाली नागरिकता मान्य नहुने उजुरीकर्ताहरूको भनाइ छ।
उजुरी आएसँगै कानुनी व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको बताए।
उनले निर्वाचन अधिकृतले लामिछानेबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताए।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्