मंसिर ४ को चुनावले देशको भविष्य निर्धारण गर्छ : ओली

DaksuMedia दाक्सु मिडिया
|
२०७९ कार्तिक २१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर चार गतेको निर्वाचनले देशको भविष्य निर्धारण गर्ने बताएका छन् ।

नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी बागलुङले बुर्तिबाङमा आयोजना गरेको चुनावी सभामा उनले देशको सार्वभौमसत्ता र स्वाधिनता रक्षाको लागि एमालेको बहुमतको सरकार अपरिहार्य भएका हुन् ।

चारतिर मुख फर्किएकाहरु एकसाथ चुनावमा आएका छन्,’ सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै उनले भने, ‘विचार सिद्धान्त र निर्वाचको घोषणपत्र फरक भएकाहरु एकठाउँ उभिएर जनता झुक्याउँदै छन् ।’

ओलीले पहिलो पटक बागलुङ क्षेत्र नम्बर २ ले स्थानीय उम्मेदवार पाएको भन्दै गठबन्धनका टुरिष्ट उम्मेदवारलाई जनताले विदाइ गर्ने बताए ।

‘एमालेले यहाँका समस्या बुझ्ने, यहाँको माटो बुझ्ने प्रतिनिधि सभामा स्थानीय महिला उम्मेदवार दिएको छ,’ उनले भने ‘निर्वाचन जित्ने, मन्त्री पनि हुने तर जनताको दुखमा नाक मुख नदेखाउनेलाई विदा गर्नुस ।’

बागलुङ २ मा एमालेबाट मञ्जु शर्मा र सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलसहित ७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *