चुनावी तालमेल गर्ने सत्तारूढ पाँच दलको औपचारिक निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १७

१७ चैत काठमाडौ ।

वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने सत्तारूढ पाँच दलले निर्णय गरेका छन्।

आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले पाँचदलीय गठबन्धन एकढिक्का भएर चुनावमा जाने निर्णय गरेका हुन्।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तागठबन्धन एकढिक्का भएर स्थानीय चुनावमा जाने निर्णय भएको बताए।

‘वैशाख ३० मा हुने स्थानीय चुनावमा सत्तागठबन्धनका दल तालमेल गरेर अघि बढ्ने निर्णय भयो,’ उनले भने।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा तालमेल गरेर चुनावमा जान तयार भएका हुन्।

उनकाअनुसार गठबन्धन गर्नेबारे प्रदेशदेखि पालिकासम्म दलहरूका प्रमुख रहेको संयन्त्र बनाउने निर्णय पनि भएको छ।

दलहरूले महानगरको टिकट भने केन्द्रबाट नै टुंग्याउनेमा सामान्य छलफल गरेका थिए।

साथै गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणबारे पनि कुराकानी भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *