सगरमाथामा बुधबार एकै दिन २७४ जना पर्वतारोहीद्धारा सफल आरोहण गर्दै नयाँ कीर्तिमान कायम

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ८

सोलुखुम्बु । सगरमाथामा बुधबार एकै दिन २७४ जना पर्वतारोहीले सफल आरोहण गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । नेपालतर्फबाट एकै दिनमा यति धेरै आरोही चुचुरोमा पुगेको यो पहिलो पटक हो । यसअघि सन् २०१९ मे २२ मा २२३ जनाले आरोहण गरेका थिए ।

नेपाल पर्वतारोहण सञ्चालक सङ्घका महासचिव ऋषि भण्डारीका अनुसार केही आरोहीले अझै आफ्नो सफल आरोहणको जानकारी नदिएकाले सङ्ख्या थप बढ्न सक्ने सम्भावना छ। यस वर्ष नेपालले सगरमाथा आरोहणका लागि ४९४ वटा अनुमति जारी गरेको छ।

विशेषज्ञहरूले अत्यधिक भिडभाडले ‘डेथ जोन’ मा जोखिम बढ्ने चेतावनी दिएका छन् । यद्यपि, अभियान आयोजकहरूले पर्याप्त अक्सिजन र राम्रो व्यवस्थापन भए ठूलो सङ्ख्यामा आरोही हुनु समस्या नभएको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *