थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर, पहिलो दिन ३ सय ५४ जनाले सेवा लिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा भएको बृहत निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन ३ सय ५४ जनाले सेवा लिएका छन् । गाउँपालिकाको समन्वयमा र कादुरी एग्रिकल्चरल एड एशोसिएसनको आयोजनामा चार दिने स्वास्थ्य शिविर शनिबारदेखि सञ्चालनमा आएको हो ।

गाउँपालिकाको मुक्लिस्थित विरेन्द्रोदय माध्यमिक विद्यालयमा भइरहेको उक्त शिविर २५ गतेसम्म सञ्चालन हुने छ । शिविरको पहिलो दिन ३ सय ५४ जना स्थानीयवासीले स्वास्थ्य सेवा प्राप्त गरेको कादुरी एग्रिकल्चरल एड एशोसिएसन, ब्रिटिस गोर्खाज नेपालका क्याप्टेन राजन राईले जानकारी दिएका छन् ।

उनका अनुसार शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा परीक्षण र मोतिबिन्दु शल्यक्रिया, दाँत उपचार तथा आवश्यक परे दाँत झिक्ने सेवा, रगत, पिसाब, मुटुको ईसीजी, भिडियो एक्स–रे लगायतका परीक्षणहरू निःशुल्क गरिने व्यवस्था गरिएको छ । साथै, उपचारपछि आवश्यक औषधिहरू पनि निःशुल्क वितरण गरिएको छ। शिविरको पहिलो दिन गाउँपालिका अध्यक्ष असिम राईले अनुगमन गर्नुभएको थियो । शिविरमा विभिन्न नेपाली विशेषज्ञ चिकित्सकहरूको टोली खटिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *