जेनजीलाई फुटाउने प्रयास नगर्न सुदन गुरूङको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २१

काठमाण्डौँ । जेनजी युवाका नेता सुदन गुरूङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने भन्‍दै जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्‍दै सुदनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन् ‘ हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं। हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भडकाइँदैछ।’

उनले यस्ता कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्ने बताएका छन् । साथै आन्दोलन सधैं शान्तिपूर्ण हुने उनको भनाइ छ ।

‘हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ; त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौं।’उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *