एमाले सचिवालय बैठक आज, विधान महाधिवेशनको तयारी र नेताहरूको फरक मतमा छलफल हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १९

नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ। बैठकमा यही शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुने विधान महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनहरू—राजनीतिक, सांगठनिक, विधान संशोधन, र केन्द्रीय आयोगका (निर्वाचन, लेखा, आर्थिक लगायत) प्रतिवेदनमाथि छलफल गरिने छ।

यसअघि सो प्रतिवेदनहरू केन्द्रीय कमिटीबाट पारित गर्ने तयारी गरिएको थियो। तर, समय अभाव देखाउँदै बैठक स्थगित गरिएको थियो।

सचिवालय बैठकमा विधान महाधिवेशनको एजेन्डाबाहेक हालै देखिएको आन्तरिक असहमति पनि छलफलको मुख्य बिषय हुने देखिएको छ। विशेषतः उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, र स्थायी कमिटी सदस्य कर्ण थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कन रोक लगाउने निर्णयविरूद्ध फरक मत (नोट अफ डिसेन्ट) राखेका छन्।

महासचिव शंकर पोखरेलले बुधबार यस विषयमा स्पष्टीकरण दिँदै भनेका थिए, “फरक मत प्रतिवेदनमा होइन, निर्णयमाथि हो। यस्तो मत सचिवालयले मूल्यांकन गरी त्यो विषय अधिवेशनमा लैजाने कि राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने भन्ने टुंगो लगाउनेछ।”

एमाले सचिवालय बैठकले पार्टीभित्रको अन्तर्संवाद, अनुशासन र नेतृत्व निर्णयप्रति देखिएको असहमतिको समाधान खोज्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Emily2232

    September 4, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *