सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बृद्धि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण १८

काठमाण्डौँ । आइतबार छापावाल सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा साताको कारोबारको पहिलो दिन सुनको मूल्य ३ हजार ४०० रुपैयाँ वृद्धि भएको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । जवकि शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार २ हजार २ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार २ सय ५० रुपैयाँ पुगेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *