सोलुखुम्बु, जेठ १४ — सोलुदुधकुण्ड नगरपालिकाले शिक्षा क्षेत्रमा ऐतिहासिक सफलता हात पारेको छ। फ्रान्सस्थितसोलु-च्याम संस्था र सोलुदुधकुण्ड नगरपालिकाबीच नुम्बुर बहुप्राविधिक शिक्षालयको दिगो सञ्चालनका लागि पाँच वर्षेसहयोग सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार कुल रु ११ करोड २३ लाख ७५ हजार बराबरको सहयोग प्राप्त हुनेभएको छ । शनिवार बिहान सम्पन्न कार्यक्रममा, नगरपालिकाका प्रमुखनाम्गेल जाङ्बु शेर्पा र सोलु-च्याम संस्थाका तर्फबाट निमा शेर्पाबीच सम्झौतापत्रमा औपचारिक हस्ताक्षर गरिएको हो।
नगर प्रमुख शेर्पाले यो सहयोग सम्झौतालाई “सोलुदुधकुण्ड नगरपालिका मात्र नभई सम्पूर्ण सोलुखुम्बुका लागि प्राविधिकशिक्षामा नयाँ सम्भावनाको ढोका खोल्ने” अवसरको रूपमा व्याख्या गरे।
उनका अनुसार, अब नुम्बुर बहुप्राविधिक विद्यालयको दीर्घकालीन र भरपर्दो सञ्चालन सुनिश्चित हुनेछ, जसले विशेषगरीग्रामीण भेगका विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा पहुँच बढाउनेछ। यसबाट दक्ष जनशक्ति उत्पादनमा उल्लेखनीय टेवापुग्ने आशा गरिएको छ।
स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत शिक्षा क्षेत्रमा प्राप्त यो प्रकारको लगानीले विकासका अन्य क्षेत्रहरूमापनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यस सम्झौतासँगै सोलुदुधकुण्ड नगरपालिका अब प्राविधिक शिक्षाको केन्द्रको रूपमा स्थापित हुने दिशातर्फ अघि बढेकोछ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्