सोलुदुधकुण्डमा साइबर सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार ३

सोलुदुधकुण्ड नगरपालिका–७, च्याल्सा स्थित सगरमाथा माध्यमिक विद्यालयमा आज मिति २०८२/०३/०२ गते सूचना प्रविधिबाट हुने हिंसा तथा अपराधबारे चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। न्यायिक समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकलाई साइबर अपराध, ठगी, गोपनीयता हनन, साइबर बुलिङजस्ता विषयमा जानकारी दिइयो। साथै, डिजिटल मर्यादा, सुरक्षित इन्टरनेट प्रयोग र सामाजिक सञ्जालको जिम्मेवार उपयोगबारे समेत विशेष प्रस्तुति दिइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *