खुम्बुको लैङ्गिक तथा सामाजिक समावेशिता उत्तरदायी स्थानीय अनुकूलन कार्य योजनाको दस्ताबेज तयार 

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ २४

२४ जेठ, काठमाडौँ । खुम्बु पासाङल्हामु गाउँपालिकाले लैङ्गिक र सामाजिक समावेशितामा आधारित स्थानीय अनुकूलन कार्य योजना तयार गरी सार्वजनिक गरेको छ। यो दस्तावेज खुम्बु पासाङल्हामु गाउँपालिका र युएनडिपी नेपालको सहयोगमा हिमालयन ट्रस्ट नेपालले तयार पारेको हो।

गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न नीति तथा कार्यक्रममा यसलाई समावेश गरी निरन्तर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ५ वटै वडामा भएको छलफलबाट सङ्कलित सुझावहरूलाई आधार बनाएर तयार गरिएको योजना जलवायु परिवर्तन न्यूनीकरणमा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

युएनडिपी नेपालका कार्यक्रम विश्लेषक दीपक केसी र हिमालयन ट्रस्ट नेपालका कार्यकारी निर्देशक डा. मिङमा नोर्बु शेर्पाले पनि स्थानीय स्तरबाट वृक्षारोपण लगायतका गतिविधिहरू निरन्तरता दिने बताउनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुलाई स्थानीय स्तरमा कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो।

स्थानीयहरू पनि यस योजनाले जलवायु परिवर्तन न्यूनीकरणमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी नीति तथा कार्यक्रममा समावेश गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *