नेपाली कांग्रेस सोलुखुम्बुले पार्टीको १०० दिने राष्ट्रिय अभियान सञ्चालनका लागि प्रतिनिधि तोक्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर १३

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुले पार्टीको १०० दिने राष्ट्रिय अभियान सञ्चालनका लागि जिल्लाका आठवटै स्थानीय तहमा प्रतिनिधिहरु तोकेको छ।

पार्टी केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्लाका लागि अभियानका प्रतिनिधि अमृत अर्यालको प्रमुख आतिथ्यमा मंसिर ३ गते सम्पन्न जिल्ला कार्यसमितिको बिस्तारित बैठकले गरेको निर्णय अनुसार सो अभियानका लागि प्रतिनिधि तोकिएको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो।

सभापति शेर्पाका अनुसार मंसिर २५ देखि सुरु भएर पौष १६ गतेभित्र सम्पन्न हुने राष्ट्रिय अभियानका लागि जिल्लाको नेचासल्यान गाउँपालिकामा कृष्णप्रसाद निरौला,थुलुङ दूधकोशी गाउँपालिकामा चन्द्र आचार्य,सोताङ गाउँपालिका वीरबहादुर गुरुङ,महाकुलुङ गाउँपालिकामा गणेशबहादुर बस्नेत,सोलुदुधकुण्ड नगरपालिकामा सरला नाछिरिङ,खुम्बु पासाङल्हमु गाउँपालिकामा रामबहादुर बस्नेत,माप्यदूधकोशी गाउँपालिकामा दावागेलु पाखिन र लिखुपिके गाउँपालिकामा नारायणकाजी श्रेष्ठलाई तोकिएको छ।

स्थानीय तहमा तोकिए प्रतिनिधिहरुलाई अभियानलाई सम्पन्न गरी समितिको वृहत बैठकको निर्णय अनुसार राष्ट्रिय अभियानलाई स्थानीय स्तरमा कार्यान्वयन गराउने जिम्मेवारी दिइएको शेर्पाको भनाई छ ।

सम्बद्ध स्थानीय तहभित्रका जिल्ला कार्य समिति पदाधिकारी एवं सदस्य, महाधिवेशन प्रतिनिधिहरु,पालिका तथा वडा पदाधिकारी सदस्यहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख र प्रतिनिधिहरु, क्षेत्रीय प्रतिनिधिहरु,निर्वाचित जनप्रतिनिधिज्यूहरु,क्रियाशिल सदस्यहरु समेतका पार्टी नेता कार्यकताहरुलाई आपसी समन्वय गरी अभियानलाई सार्थक र परिणाममुखी बनाउन तोकिएका प्रतिनिधिहरुलाई सभापति शेर्पाले आग्रह समेत गर्नुभएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *