सोलुदुधकुण्ड नगरपालिकाकोे ९ वटा वडामा एकल महिला समिति गठन गरिएको छ । नगरपालिकाको ११ वटा वडा मध्ये ९ वटा वडामा एकल महिला समिति गठन भएको जनाएको छ । समितिमा वडा भित्रका श्रीमानका साथ नभएकी महिलालाई, ३५ वर्षको उमेरसम्म विवाह नगरी बसेका, श्रीमानको मृत्यु भएका, श्रीमानबाट छोडिएका, श्रीमान् बेपत्ता भएका, श्रीमानसँग सम्बन्ध विच्छेद भएका, श्रीमानबाट अलग भएर बसेका महिलाहरूलाई पहिचान गरी समिति गठन गरिएको हो ।
मानव अधिकारको लागि महिला, एकल महिला संस्था सोलुखुम्बु तथा सोलुदुधकुण्ड नगरपालिकाले “एकल महिलाहरूलाई दया माया भन्दा अवसरको खाँचो छ” भन्ने मूल नाराका साथ सिपमूलक तालिम सहित एकल महिलाको रक्षाका लागि समिति गठन गरिएको मानव अधिकारको लागि महिला, एकल महिला संस्था सोलुखुम्बुका अध्यक्ष सूर्य कुमारी सुनुवारले जानकारी दिनुभयो ।
नगरपालिकाको ९ वटा वडाबाट करिब ७ सय जना भन्दा बढी महिलाहरूको सक्रिय सहभागिता रहेको जनाएको छ । उक्त अभिमुखीकरणको सहजिकरण मानव अधिकारको लागि महिला, एकल महिला संस्था कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष दिपा आचार्य गर्नुभएको थियो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्