×

भारतमा २४ हजार ९२५ नयाँ कोरोना संक्रमित थपिए

अशोज ५, २०७८ | दाक्सु मिडिया

काठमाडौँ– भारतमा थप २४ हजार ९२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख २ हजार ७४४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख १५ हजार २६९ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २५१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ४१६ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: