×

मेक्सिकोको सर्वोच्च अदालतले भन्यो, गर्भपतन अपराध होइन

भदौ २३, २०७८ | दाक्सु मिडिया

एजेन्सी । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतन गरेकालाई अपराधीलाई जस्तै दण्ड दिनु गैरकानुनी हुने फैसला गरेको छ । अदालतको आदेशसँगै मेक्सिकोमा गर्भपतनले कानुनी मान्यता पाउने भएको छ । फैसलाअनुसार अब गर्भपतन गर्ने महिलाबिरुद्ध  मुद्दा दायर गर्न पाइने छैन् ।

सर्वोच्च अदालतका न्यायधीश म्यारिअ अग्यिुलरले अदालतको फैसला महिलाको अधिकारका लागि एतिहासिक कदम भएको टिप्पणी गरेका छन् । मंगलबार अदालतले उत्तरी राज्य खोविलालाई गर्भपतनलाई अपराध नमान्न आदेश दिएको थियो । 

अदालतको पछिल्लो फैसलाले नयाँ नजिर स्थापना हुने विश्वास गरिएको छ । फैसलासँगै गर्भपतनका कारण जेल कोचिएका महिलाहरु अब तत्काल रिहा हुनेछन् । मेक्सिकोमा गर्भपतनलाई अबैद्य मानिदै आएको छ  । त्यसमा पनि चार राज्यमा त यसलाई अपराध नै मानिन्छ । बलत्कार वा असुरक्षित गर्भका कारण आमाको जीवन खतरामा रहेको अवस्था बाहेक केही राज्यहरूमा भने गर्भपतनमा छुट छ । 

मेक्सिकोमा गर्भपतनको वकाल गर्दै आएको इनफरमेसन ग्रुप अन रिप्रोडक्टिभ चोइस (जीआइआरइ) ले अदालतको फैसलाको स्वागत गरेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: