×

भारतमा पहिलो पटक सर्वोच्चका नौ न्यायधीशले लिए एकै पटक सपथ

भदौ १५, २०७८ | दाक्सु मिडिया

नयाँ दिल्लाी । भरतमा सर्वोच्च अदालतका नौ जना नयाँ न्यायधीशले पद तथा गोपनियताको सपथ लिएका छन् । तीन महिलासहित नौ न्यायधीशलाइ मंगलबार बिहान प्रधान न्यायधीश एन भी रमनाले सपथ खुवाएका हुन् । 

भारतको सर्वोच्च अदालतको इतिहासमा नै पहिलो पटक नौ जना न्यायधीशले एकै पटक सपथ खाएका हुन् । सामाजिक दूरी कायम राख्दै सर्वोच्च अदलतको अडिटरियम भवनमा सपथ कार्यक्रम आयोजना गरिएको थियो । यसअघि प्रधानन्यायधीशको  कक्षामा सपथ खुवाइने गरेकोमा कोभिडका कारण सामाजिक दूरी राख्न छुट्टै हलको व्यवस्था गरिएको थियो । 

मंगलबार सपथ लिनेमा न्यायधीश अभय ओका, बिक्रम नाथ, जितेन्द्र कुमार महेश्वरी, हिमा कोली र बीभी नगरथना छन् । नगरथना पूर्व प्रधान न्यायधीश इएस भेनकाटरमिहको छोरी हुन् । त्यस्तै, सपथ लिने अन्य न्यायधीशमा सीटी रभि कुमार, एम एम सनद्रेस, बेला एम त्रिवेदी र न्यायधीश पीएस नरसिंह छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: