×

काबुल आक्रमण: ज्यान गुमाउनेको सङ्ख्या ९० पुग्यो

भदौ ११, २०७८ | दाक्सु मिडिया

काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा भएको आतंककारी हमालामा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ ।

बीबीसीका अनुसार विहिबार साँझ ६ बजे भएको आतंकवादी हमलामा परी ज्यान गुमाउनेको संख्या ९० पुगेका छ भने घाइतेहरूको सङ्ख्या १५० नाघेको छ।

मृत्यु हुनेमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन्। १३ जना अमेरिकी सुरक्षा अधिकारीहरू मारिएका छन्।

अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन्।

इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका छन्।

अमेरिकी सेनाले अफगानिस्तानमा उद्धार कार्य सम्पन्न गर्नका लागि तीव्र रूपमा काम गरिरहेको छ।

तालिबानसँग सहमति गरे अनुरूप अमेरिकाले उद्धार कार्य अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा हमला गर्नेलाई नछाड्ने चेतावनी दिएका छन् ।

उनले बिहिवार काबुल विमानस्थल बाहिर गरेको पछिल्लो आक्रमणको बदला लिन आईएसआईएस के माथि आक्रमण गर्ने योजना बनाउन पेन्टागनलाई निर्देशन दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: