काठमाडाैँ । काबुलमा तालिबानको कब्जा भएसँगै भागेका अफगानी राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स (युएई)पुगेका छन् । युएईको विदेश मन्त्रालयले एक बयान जारी गरी गनीलाई मानवीय आधारमा आफ्नो देशमा स्वागत गरेको जानकारी दिएको हो ।
मानवीयताका आधारमा गनी र उनकाे परिवारलाई आफ्नाे देशमा स्वागत गरेकाे बयानमा उल्लेख छ । युएईले सूचना दिनुभन्दा पहिला गनी ताजिकिस्तान अथवा उज्बेकिस्तान भागेकाे चर्चा थियाे । देशबाट भागिसकेपछि गनीले फेसबुक पोस्टमा आफ्नो बाध्यता भएको बताएका थिए ।
उनले लेखेका थिए, ‘आज मैले एक कठिन फैसला गर्नुपरेको थियो । किनकि म सशस्त्र तालिबानलाई राष्ट्रपति भवनमा आउनबाट रोक्नतिर लागूँ कि, मेरो प्यारो देश जसलाई मैले २० वर्षसम्म सुरक्षा दिएँ, उसलाई छाडिदिऔँ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया