×

७ देशद्वारा अक्सफोर्ड–अस्ट्राजेनेका खोप प्रयोगमा रोक

चैत्र १, २०७७ | दाक्सु मिडिया

एजेन्सी – खोप लगाएका व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै ७ देशले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप प्रयोग गर्न छाडेका छन् ।

हालसम्म डेनमार्क, नर्वे, इटाली, अस्ट्रिया, आइसल्यान्ड, थाइल्यान्ड, बुल्गेरियाले उक्त खोप प्रयोगमा अस्थायी रूपमा रोक लगाएका हुन् । युरोपमा मात्रै हालसम्म ५० लाख जनाले यो खोप लगाइसकेका छन् ।

जसमध्ये ३० जनामा रक्तनलीमा रगत जम्ने (ब्लड क्लट) समस्या देखिएको बताइएको छ । जसका कारण रक्तनली थुनिने वा रगतको प्रवाहमा कमी आई मुटु, मस्तिष्कलगायत अंगमा आवश्यक रगत पुग्न पाउँदैन । चिकित्सकहरूका अनुसार यस्तो भएमा मुटु तथा मस्तिष्क घातसमेत हुन सक्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: