१५ जेठ। सिराहाको गोलबजार नगरपालिका-२ तेतरिया सुनुवार टोलमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
२२ वर्षीय ललित सदाको कुटपिटबाट उनकी २० वर्षीया श्रीमती सरिता देवी सदाको मृत्यु भएको गोल बजारको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
झगडापछि सुतेकी उनी बिहान मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु भएको हल्ला चलेपछि गाउँलेले प्रहरीलाई खबर गरेको जनाइएको छ।
दुई सन्तान छोरी रहेका दम्पतिले मदिरा सेवन गरी बिहीबार राति झगडा गरेको र श्रीमानले धकेल्दा घरको भित्तामा टाउको ठोक्कि चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा टाउकोको चोटकै कारण मृत्यु भएको खुल्न आएको छ ।
उनको श्रीमानलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया