×

वडास्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि त्रिभुवन विद्योदय आविलाई

असार ७, २०८२ | दाक्सु मिडिया

असार ६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीको आयोजनामा भएको आधारभूत तह वडास्तरीय हाजिरीजवाफ प्रतियोगितामा त्रिभुवन विद्योदय आवि प्रथम भएको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा वडा भित्रका ६ ओटा विद्यालयले सहभागिता जनाएका थिए । वडाको आर्थिक वर्ष २०८१/८२ मा वालबालिका लक्षित कार्यक्रमअन्तर्गत शैक्षिक सत्रको प्रारम्भमै शैक्षिक गुणस्तर मापन तथा विद्यार्थीको सिकाइ मूल्याङ्कन गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष तथा वडा शिक्षा समिति संयोजक महेन्द्रदीप राईले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: