×

थुलुङ दुधकोशीले बनायो बजेट क्यालेन्डर,कहिले के छ कार्यक्रम ?

जेष्ठ २९, २०८२ | दाक्सु मिडिया

सोलुखुम्बु,२७ जेठ । थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट क्यालेण्डर निर्माण गरेको छ ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले उक्त बजेट क्यालेण्डर निर्माण गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

बजेट क्यालेण्डर अनुसार जेठ ३० गते राजस्व परामर्श समितिको बैठक बस्ने छ भने स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक १ गते,विषयगत समितिको बैठक असार १ गते र असार २,३ र ४ गते बस्ती/टोल स्तरबाट योजना छनौट गर्ने निर्णय गरिएको छ ।

यस्तै,वडा स्तरीय योजना प्राथमिकीकरण असार ५¸६ र ७ गते गरिने र असार ९ गते एकीकृत बजेट नीति तथा कार्यक्रम तर्जुमा अनि सोही दिन कार्यपालिका बैठक बस्ने छ । असार १० गते गाउँसभा हुने गाउँपालिका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

सोही कार्यपालिका बैठकमा आवधिक विकास योजना २००८२/०८३-०८६/०८७ को मस्यौदा प्रतिवेदन माथि छलफल समेत गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: