×

थुलुङ दुधकोशी गाउँपालिकाद्धारा आयोजित अन्तरआमा समुह कविता बाचन प्रतियोगितामा पुष्पावती राई प्रथम

फाल्गुन २४, २०८१ | दाक्सु मिडिया

११५औं अन्तर्राष्टिय महिला दिवसको अबसरमा थुलुङ दुधकोशी गाउँपालिकाद्धारा आयोजित अन्तरआमा समुह कविता बाचन प्रतियोगितामा ओगानेम आमा समुह मुक्लीकी पुष्पावती राई प्रथम हुनुभएको छ । शनिबार सम्पन्न प्रतियोगितामा थुलुङ दुधकोशी ढाका उद्योग देउसाकी तेरीना नाछिरिङ राई द्धितीय हुनुभएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नव बिहानी महिला सञ्जाल जुबुकी खेम कुमारी बन तृतीय र सयपत्री आमा समुह नेलेकी हिता बस्नेत सान्तवना हुनुभएको छ । सबै महिना तथा बालीकाको लागि अधिकार समानता र शसक्तीकरण भन्ने राष्ट्रिय नारा शिर्षकमा आयोजित खुल्ला कविता बाचन प्रतियोगितामा भने वडा नम्बर ६ मुक्लीकी कैलाश कुमारी राई प्रथम हुनुभएको छ । महिला तथा बालबालीका शाखा प्रमुख रामकला राईका अनुसार वडा नम्बर ४ की अस्मिता राई द्धितीय, वडा नम्बर ६ मुक्लीकी प्रतिष्ठा राई तृतीय र वडा नम्बर ४ की शोभा नेपाली सान्तवना हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने दुबै तर्फका प्रतियोगिले कर कट्टी सहित नगद १० हजार, ८ हजार, ६ हजार र ५ हजार नगदको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सोही अबसरमा म्यूजिकल चियर प्रतियोगिता पनि गरिएको थियो । उक्त प्रतियोगितामा वडा नम्बर ६ की लक्ष्मि बि।क। प्रथम, वडा नम्बर १ की दुर्गा कार्की द्धितीय र जुबुकी अनिता राई तृतीय हुनुभएको छ । गाउँपालिका उपाध्यक्ष सविता राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणी दाहाल, वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की, सामाजिक विकास समिति संयोजक बुद्धिराज राई कार्यपालिका सदस्य सरिता राई र तमुना राई लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: