
पुस २५ गते देखि थुलुङ दुधकोशी गाउँपालिकामा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुनेभएको छ ।
गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बिहिबार बसेको कार्यपालिका बैठकले पुस २५ गते देखि प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्किका अनुसार प्रतियोगिता पुस २९ गते सम्म हुने छ । जसको लागि गाउँपालिका उपाध्यक्ष सबिता राईको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिले विभागिय जिम्मेवारी बाडफाड गर कार्यक्रमको तयारी गर्ने बताइएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहने छ भने अध्यक्ष कपमा संघीय संरचना अनुसारका वडाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागीता हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया