×

नेकपा माओवादी केन्द्र थुलुङ दुधकाेशी-काठमाडौं सम्पर्क समिति गठन

पुस २, २०८१ | दाक्सु मिडिया

काठमाडौ ।नेकपा माओवादी केन्द्र सोलुखुम्बुले पालिकास्तरीय काठमाडौं सम्पर्क समन्वय समिति गठन सुरु गरेको छ। मंगलबार  थुलुङ दुधकाेशी-काठमाडौं सम्पर्क समिति गठन मंगलबार गरेको छ ।
नेकपा माओवादी केन्द्र सोलुखुम्बुका सह-इन्चार्ज एबम् थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यमा राजधानीमा दाेस्राे सम्मेलनले शिव कुमार राई काे अध्यक्षतामा २९ सदस्यीय थुलुङ दुधकोशी-काठमाडौ सम्पर्क समिति गठन गरेको हो।
समितिको उपाध्यक्षद्वयमा शब्द कुमारी राई,दिलिप संकल्प राई,सचिबमा सूर्यकुमार राई,सहसचिवमा महेश राई र कोषाध्यक्षमा सन्जुकुमारी राई सर्वसहमत सबै प्रतिनिधि चयन भएका छन ।
सोमबार खुम्बु पासाङल्हामू गाउँपालिकाले समेत सम्पर्क समन्वय समिति गठन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: