×

पुस २५ देखि थुलुङ दुधकोशी अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

मंसिर २०, २०८१ | दाक्सु मिडिया


थुलुङ दुधकोशीः पुस २५ गते देखि थुलुङ दुधकोशी गाउँपालिकामा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुनेभएको छ ।गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बिहिबार सम्पन्न कार्यपालिका बैठकले पुस २५ गते देखि उक्त प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिता पुस २९ गते सम्पन्न हुने छ । जसको लागि गाउँपालिका उपाध्यक्ष सबिता राईको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिले विभागिय जिम्मेवारी बाडफाड गर कार्यक्रमको तयारी गर्ने बताइएको छ ।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहने छ भने अध्यक्ष कपमा संघीय संरचना अनुसारका वडाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागीता हुनेछ ।
यस्तै सोही बैठकले ओगानेम दरबार उत्खननका लागि पुरातत्व विभागमा पत्राचार गर्ने पनि निर्णय गरेको छ । यस्तै बैठकले अन्य विभिन्न निर्णय गरेको बताइएको छ । थुलुङ दुधकोशी गाउँपालिकामा हरेक महिना कार्यपालिका बैठक बस्ने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: