×

माओवादी केन्द्र माप्य दुधकोशीको निर्णय : दोस्रो गाउँ सम्मेलन पुस २० गते गर्ने निर्णय

मंसिर २०, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुले दोस्रो गाउँ सम्मेलन आगामी पुस २० गते गर्ने निर्णय गरेको छ । बुधबार सम्पन्न गाउँपालिकाको पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम उक्त निर्णय भएको माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रसार समितिका संयोजक भोजराज कार्कीले जानकारी दिनुभयो । 
संयोजक कार्कीका अनुसार पुस १ गते देखि ७ गते सम्म वडा सम्मेलन सक्ने निर्णय भएको छ । उक्त निर्णय अनुसार पुस १ गते वडा नम्बर १ जुभिङ, २ र ३ गते वडा नम्बर २ र ३ बासा, ४ र ५ गते वडा नम्बर ४ र ५ काकु र ६ र ७ गते वडा नम्बर ६ र ७ वाकुको वडा सम्मेलन हुने छ । 
पालिका समिति अध्यक्ष प्रकाश खालिङको सभाअध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर)को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले पार्टी सदस्यता वितरण तथा नविकरणका लागि वडागत हिसाबम जिम्मेवारी प्रदान गरेको छ । बैठकले  खिलाधन (विद्यान)राईलाई वाइसीएल माप्यदुधकोशीको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको प्रचारप्रसार समिति संयोजक कार्कीले जानकारी दिनुभयो । यस्तै सीता राईलाई अखिल नेपाल महिला संघ र अभियान राईलाई अखिल नेपाल किसान संघ माप्य दुधकोशीको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने मेखराज तामाङको संयोजकत्वमा ५ सदस्यीय खबरदारी समिति समेत गठन गरिएको छ । 
बैठकलाई सम्बोधन गर्नका लागि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर), केन्द्रीय सदस्य गोम्बु शर्पा (कर्ज्याङ), प्रदेश समितिका सह-सचिव सागर किराँती, प्रदेश समितिका सचिवालय सदस्य तथा सोलुखुम्बुका सह-इन्चार्ज असिम राई, प्रदेश सदस्य तथा जिल्ला संयोजक नाम्गेल शेर्पा, प्रदेश सदस्य तथा माप्य दुधकोशी गाउँपालिकाका निर्वाचित उपाध्यक्ष गौरब राई, प्रदेश सदस्य तथा थुलुङ दुधकोशी गाउँपार्टी इन्चार्ज घनश्याम नेपाली, प्रदेश सदस्य गणेश खालिङ र दिब्य खालिङ लगायत नेताहरु बासा जानुभएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: