×

पूर्णखोप गाउँपालिका शुनिश्चितता गर्ने थुलुङ दुधकोशीको निर्णय

बैशाख १०, २०८१ | दाक्सु मिडिया


जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका शुनिश्चितता गर्ने निर्णय गरेको छ । सोमबार गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । 
प्रवक्ता कार्कीका अनुसार थुलुङ दुधकोशी गाउँपालिकालाई पूर्णखोप शुनिश्चितता  तथा दीगोपना  भएको घोषणा गरिदिन जिल्ला खोप समन्वय समितिलाई सिफारिस गर्ने निर्णय गरिएको छ । २०८० चैत मसान्त भित्र पालिकाको ९ वटै वडाहरुमा १५ महिनाको उमेर भित्र पाउँनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित गरिएको छ ।कार्यालयको तथ्याङ्क अनुसार वडा नम्बर १ नेलेमा ७५ जना, वडा नम्बर २ काँगेलमा ८० जना, वडा नम्बर ३ पञ्चनमा ८२ जना, वडा नम्बर ४ जुबुमा ५५ जना १६ देखि ५९ महिना भित्रका बालबालीकालाई खोप लगाइएको छ । 
यस्तै वडा नम्बर ५ जुबुमा ६६ जना, वडा नम्बर ६ मुक्लीमा ९६ जना, वडा नम्बर ७ देउसामा ११० जना, वडा नम्बर ८ रणेममा ८० जना र वडा नम्बर ९ लोखिममा २०८ जनालाई खोप लगाइएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । 
सबै वडाबाट पूर्णखोप सुनिश्चितताका लागि पालिकामा भएको सिफारिस अनुसार पूर्णखोप वडा सुनिश्चित गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम उक्त वडालाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।  यसैबीच उक्त कार्यापालिका बैठकले अघिल्लो निर्णय कार्यान्वयनको अबस्था बारे समिक्षा गर्दै पालिकाबाट प्रवाह हुने सेवासुविधा लगायतको विषयमा छलफल पछि पालिका अध्यक्षले आवश्यक निर्देशन दिनुभएको बताइएको छ । पालिका अध्यक्ष असिम राईले नागरिकलाइ केन्द्रमा राखेर विना भेदभाव समान ढंगबाट छिटोछरितो सेवा प्रवाह गर्न कर्मचारीलाई र त्यसको सहजीकरण गर्न सबै वडा अध्यक्षलाई निर्देशन दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: