×

थुलुङ दुधकोशीले चार वटा मोटरेबल पुल निर्माण गर्ने 

चैत्र ९, २०८० | दाक्सु मिडिया सम्वाददाता


सोलुखुम्बुः जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले चार वटा मोटरेवल पुल निर्माण गर्ने भएको छ  ।गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रवार सम्पन्न कार्यपालिका बैठकले पालिकाको विभिन्न वडा जोड्ने नदीमा मोटरेवल पुल निर्माण गर्ने निर्णय गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । पालिका केन्द्र मुक्ली संग बिभिन्न वडालाई जोड्ने सडक निर्माण सकिएकाले अब भने खोला तथा नदीमा पक्की पुल निर्माण गरि बाह्रै महिना सवारी सञ्चालन गर्ने पालिकाले जनाएको छ । प्रवक्ता कार्कीका अनुसार थुलुङ दुधकोशी गाउँपालिका दुई काँगेल र नेचासल्यान-२ जोड्ने तथा वडा नम्बर ३ पञ्चन र नेचासल्यान-३ नेचा जोड्ने सोलु खोलामा पक्की पुल निर्माण हुनेछ । यस्तै वडा नम्बर ६ मुक्ली र वडा नम्बर ७ को बर्खुघाट र वडा नम्बर ६ र ७ को जुकेपानीमा पक्की पुल निर्माणको लागि बजेट व्यवस्था गर्ने निर्णय गरिएको छ । 
अहिले वडा नम्बर ६ मुक्ली र वडा नम्बर २ काँगेल जोड्ने सीकुखोलामा पक्की पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ भने काँगेल र जुबु ४ जोड्ने बादे स्थित दुधकोशी नदीमा निर्माण भइरहेको पुलको काम करिब ४५ प्रतिशत सकिएको निर्माण कम्पनीले जनाएको छ । मुक्ली जुबु जोड्ने बर्खुघाट स्थित दुधकोशी नदीमा पक्की मोटरेबल पुल निर्माणको लागी टेन्डर भइ सम्झौता समेत भएपनि काम अघि बढ्न सकेको छैन । जसको लागि गाउँपालिकाको तर्फबाट निर्माण कम्पनी देखि संबन्धित कार्यालयलाई समेत तत्काल कार्य अघि बढाउन ताकेता गरिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो ।  निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका रबी सिंले ठेक्का पारेको भएपनि कार्य अघि नबढाउँदा यहाँका हजारौ मानिस आक्रोशीत बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: