×

थुलुङ दुधकोशी ८ देउसामा एकै  दिन चार वटा कार्यक्रम सम्पन्न, सामान्य सिटामेलको लागी घण्टौ हिड्नुपर्ने बाध्यता अन्त्य

चैत्र २, २०८० | दाक्सु मिडिया सम्वाददाता

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ८ देउसामा एकै  दिन चार वटा कार्यक्रम सम्पन्न भएका छन् । शुक्रबार गाउँपालिका अध्यक्ष असिम राईले कोल्ड स्टोर र रनेम सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गर्नुभयो भने सरस्वती आधारभुत विद्यालय र त्रिवेणी जनसुधार युवा क्लव भवनको शिलान्यास गर्नभएको हो ।

गाउँपालिकाको लगानीमा वडा नम्बर ८ को बुढिडाँडामा निर्माण भएको कोल्ड स्टोरको उद्घाटन गर्दै अध्यक्ष राईले कृषकको मर्म र भावना अनुसार बजेट निर्माण गरि कार्यन्वयन गरिरहेको बताउँनुभयो । देउसामा सबैभन्दा बढी सुन्तला फल्ने भएकाले यसलाई कोल्ड स्टोरमा राखेर बिक्री गर्दा कृषक र उपभोक्ता दुबैलाई फाइदा हुने उहाँको विश्वास छ । करिब ७५ लाखको लागतमा कोल्ड स्टोर स्थापना गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

देउसा कृषि बन श्रोत केन्द्र मार्फत सञ्चालन हुने कोल्ड स्टोरमा परीक्षणको लागि दुई महिना अघि राखिएको सुन्ताला राम्रो रहेको भन्दै केन्द्रका अध्यक्ष तिलक बहादुर राईले परीक्षण सफल भएको बताउँनुभयो । उक्त केन्द्रमा हाल २१ टन सुन्तला भण्डारण गर्न सकिने बताइएको छ । यसको प्रभावकारीतालाई हेरेर भण्डारण क्षमता बढाउने गरि संरचना निर्माण गरिने पालिका अध्यक्ष असिम राईले बताउँनुभयो ।

रनेम सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन
रनेम सामुदायिक स्वास्थ्य इकाईको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको .छ । रणेम क्षेत्रका नागरिकलाई लक्षित गरि स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाईको गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

यस अघि त्यस क्षेत्रका नागरिक सामान्य सिटामोलका लागि पनि एक घण्टाको यात्रा पछि बुढीडाँडा स्वास्थ्य चौकीमा पुग्नुपर्ने बाध्यता थियो । सोही बाध्यताको अन्त्य गराउने उदेश्य सहित स्वास्थ्य इकाई स्थापना गरि सेवा सुरु गरिएको पालिका अध्यक्ष असिम राईले बताउँनुभयो ।

संघीय संरचना पुर्व थुलुङ दुधकोशी ७ र ८ एउटै देउसा गा.वि.स. थियो । त्यस बेला दुबै क्षेत्रका नागरिकलाई पायक पर्ने गरि बढीडाँडामा सरकारी संरचना स्थापना गरिएको थियो । संघीय संरचना पछि रनेममा वडा कार्यालयको जग्गा व्यवस्थापन गरि भवन निर्माण पश्चात सेवा प्रवाह भइरहेको छ ।

नागरिकको समस्यालाई केन्द्रमा राखेर काम गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिदै पालिका अध्यक्ष असिम राईले रनेम क्षेत्रका नागरिकको एकताले आफुहरुलाई प्रेरित गरेको बताउँनुभयो ।

तीन कोठे विद्यालय भवन शिलान्यास

सोही वडाको रनेममा सरस्वती आधारभुत विद्यालयको तीन कोठे भवनको शिलान्यास गरिएको छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार पालिकाको १२ लाख ५० हजार लागतमा निर्माण हुने भवनको शुक्रबार पालिका अध्यक्ष असिम राईले शिलान्यास गर्नुभएको हो ।

भवन शिलान्यास गर्दै पालिका अध्यक्ष असिम राईले भौतिक संरचना संगै भविष्यका कर्णधार विद्यार्थीहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन शिक्षकहरुलाई निर्देशन दिनुभयो । आवश्यकताको आधारमा भौतिक संरचना निर्माणका लागि बजेट बिनियोजन गरिएको भन्दै अध्यक्ष राईले अपुग बजेट व्यवस्था हुनेभएकाले गुणस्तरीयतामा सम्झौता नगर्न पनि निर्माण समितिलाई निर्देशन दिनुभयो ।

कक्षा तीन सम्म पढाइ हुने उक्त विद्यालयमा ३८ जना छात्रछात्रा अध्ययनरत छन् । भौगोलिक हिसाबले नजिकै विद्यालय नहुँदा उक्त विद्यालयलाई कक्षावृद्धि गर्नुपर्ने स्थानीयबासीले माग राखेका छन् ।

त्रिवेणी जनसुधार युवा क्लव भवनको शिलान्यास

सोही वडाको रनेममै शुक्रबार त्रिवेणी जनसुधार युवा क्लव भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले उक्त भवनको शिलान्यास गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

वडाको रु. ३ लाख ५० हजार बजेट बाट उक्त भवन निर्माण गरिने वडा अध्यक्ष राजेश किराँतीले बताउँनुभयो । भवन निर्माण हुनेभएपछि स्थानीयबासी हर्षित भएका छन् । आफुले निर्वाचित गरेको जनप्रतिनिधिको सक्रियता देखेर यहाँका नागरिक खुसी भएका छन् । गाउँपालिका अध्यक्ष असिम राई शुक्रबारनै काठमान्डौबाट आएर उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष राजेशबाबु किराँती, वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की सहितको उपस्थिति रहेको थियो । 

व्यानर फोटो अन्तिमको प्रयोग गर्दा राम्रो हुनेछ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: