×

काङ्गेलमा वर्थिङ सेन्टरको उद्घाटन

मंसिर १२, २०८० | दाक्सु मिडिया सम्वाददाता

थुलङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले गाउँको विकास सबैपक्ष एकजुट हुन आग्रह गर्नुभयो । थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेलमा वर्थिङ सेन्टरको मंगलबार उद्घाटन गर्दै अध्यक्ष राईले विकासका निम्ती सिमित स्वार्थ राखेर काम गर्दा सोचेको जस्तो परिवर्तन नभएको भन्दै एकजुट हुन आग्रह गर्नुभएको हो ।


गाउँपालिकाको विकासको निम्ती आफुहरु टोल टोलमा पुग्न तयार रहेको भन्दै अध्यक्ष राईले बास्तवीक समस्या र आवश्यकतालाई अघि सार्न अनुरोध गर्नुभयो । कुनैपनि कार्यक्रम आयोजना हुनुभन्दा पनि त्यसको प्रतिफल र दीर्घकालिन फाइदालाई केन्द्रमा राख्नुपर्ने भन्दै अध्यक्ष राईले काँगेलको विकासको निम्ती पालिका सरकार गम्भिर भएर लागेको बताउँनुभयो ।

 
सोही कार्यक्रममा बोल्दै महिला स्वयमसेवीका टिका खात्रीले गाउँपालिका सरकारको तदारुकता र योजनाले मातृमृत्युदर सून्यमा झरेको भन्दै खुसी व्यक्त गर्नुभयो । पालिका नेतृत्वले नागरिकलाई केन्द्रमा राखेर भौतिक संरचना निर्माण देखि जनशक्ति व्यवस्थापन लगायतको काम गरेको उहाँको भनाई छ ।

 
गाउँपालिका अध्यक्ष असिम राईले वर्थिङ सेन्टरको मंगलबार उद्घाटन गरेसंगै सेवा पनि सुचारु भएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उक्त वर्थिङ सेन्टर सञ्चालनको लागि आवश्यक पर्ने रु. १२ लाख बढीको सामाग्री रोटरी क्लब काठमान्डौले सहयोग गरेको रोटरी क्लब सोलुखुम्बुका सदस्य धन्दीराम राईले बताउँनुभयो ।

 
वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका संयोजक युजन बस्नेतको अध्यक्षता तथा पालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिका प्रवक्ता भोजराज कार्की, स्वास्थ्य संयोजक उद्धब ढुंगाना र रोटरी क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।?.?

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: