
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले थुलुङ दुधकोशी शैक्षिक गुणस्तर अभिबृद्दिमा जिल्लाकै नमुना रहेको दाबी गरेका छन् ।
गाउँपालिका–७ स्थित नाम्से आविले सुविधा सम्पन्न विद्यालय भवन उद्घाटन गर्दै अध्यक्ष राईले हरेक विद्यालय नमुना बनाउने अभियानमा गाउँपालिका लागेका कारण यसमा सबैको साथ आवश्यक रहेको बताए।
गाउँपालिकाको २९ लाख बजेटमा स्वर्णिम टोल विकास संस्थाले निर्माण गरेको उक्त ५ कोठे विद्यालय भवन गत बैशाख मसान्तमा निर्माण सम्पन्न भएको बताईएको छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष सबिता राईले नेतृत्वले फराकिलो सोच राखेको खण्डमा कसरी बिकास सम्भाव छ थुलुङ दुधकोशीले प्रमाणित गरेको बताउनुभयो । पालिकाले सबै धर्म, जाति, सस्कार तथा सस्कृतिलाई सम्मान गर्ने भएकाले नाम्सेको विद्यालयमा आफुहरुले लगानी गरेको उहाँको भनाई छ ।
यस्तै वडा नम्बर ७ का अध्यक्ष तथा गाउँपालिका प्रबक्ता भोजराज कार्कीले पालिकासगको उच्च समन्वय र पालिका नेतृत्वको उदारवादी सोचका कारण नाम्से अविले नयाँ भवन प्राप्त गरेको बताउनुभयो । आफ्नो कार्यकाल भित्रमा देउसालाई नमुना र उत्कृष्ट साबित गर्ने उहाँको अठोट छ । विब्यस अध्यक्ष विद्दीराम नेपालीले अनेक चुनौतीका बावजुत नाम्से आविलाइ स्थापित गराउन सफल भएको बताउनुभयो ।
चित्राको छाप्रोबाट पठनपाठन भइरहेको विद्यालयलाई पक्की भवनमा ल्याउन सफल भएको भन्दै सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो । विब्यस अध्यक्ष बुद्धिराम नेपालीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र कोशी प्रदेश सदस्य तथा थुलुङ दुधकोशीका इन्चार्ज घनश्याम नेपाली, पार्टीका पालिका अध्यक्ष रामसङ्घर्ष किराँती, अभिभावक, स्थानीय, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति थियोे ।
हाल बालविकास देखि ३ कक्षासम्म पठनपाठन हुँदै आइरहेको यस विद्यालयमा ४२ जना विद्यार्थीहरु अध्ययनरत छन । यस्तै शिक्षक २ जना, बालविकास सहयोगी कार्यकर्ता १ , कार्यालय सहयोगी १ गरि ४ जना कर्मचारी कार्यरत छन । नाम्से अधारभुत विद्यालयको पुरानो भवन रहेको भएपनी २०७२ सालको भुकम्पबाट जिर्ण भएकाले चित्राको टहरामा पठनपाठन गराइदै आएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया