तिहारमा मौसम: चट्याङ्गसहितको वर्षादेखि हिमपातसम्म

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक १४

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले ‘तिहार विशेष मौसम बुलेटिन’ जारी गरेर तिहारका चार दिनको मौसमी सम्भावनाबारे जानकारी गराएको छ।

विभागले बुधबार जारी गरेको बुलेटिनअनुसार यस वर्ष तिहारका दिन रहेका बिहीवारदेखिका चार दिनको सम्भावित मौसमी विवरण जारी गरेको हो।

जसअनुसार चारै दिनमा देशका कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहने तथा बाँकी भू–भागमा मूख्यतया सफा रहने देखिएको छ।

यस्तै उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *