×

खाडी–काठमाडौं पहेंलो उडान : झिटीगुन्टाको नाममा भित्रियो २६ अर्बको सुन

चैत्र २२, २०७९

११ चैतमा काठमाडौंमा आयोजित एक कार्यक्रममा सुनचाँदी व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश शाक्यले भनेका थिए, ‘सुनचाँदी आपूर्ति व्यवस्थित नहुँदा बजारमा कालोबजारी मौलाइरहेको छ ।’ यसो भनेर उनले राज्यले सुनमा लगाएको कोटा प्रणालीको विरोध गरे । उनले कोटा प्रणाली र बैंकहरूले मात्रै आयात गर्न पाउने नियन्त्रित बजारबाट व्यवसायी ठूलो पीडामा परिरहेको बताए ।

शाक्य यतिमा रोकिएनन् । उनले भने, ‘मुलुकमा प्रतिदिन ३० किलो सुन आवश्यक रहे पनि राष्ट्र बैंकले १० किलो मात्रै उपलब्ध गराउँदै आएको छ । आपूर्ति कम र माग बढी भएका कारण यस क्षेत्रमा कालोबजारी मौलाइरहेको छ । यसले व्यवसायीको पनि बेइज्जत भइरहेको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: