×

भरतपुरमा २२० केभीको नयाँ सबस्टेशन तयार

फाल्गुन २८, २०७९ | दाक्सु मिडिया

 चितवनको भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीमा २२० केभीको नयाँ सबस्टेशन तयार भएको छ । आयोजना प्रमुख नारायण रेग्मीले दिएको जानकारी अनुसार अहिले सबस्टेशन परीक्षणको काम चलिरहेको छ । अर्को महिना सबस्टेशन चार्ज गरिने उनले जानकारी दिए ।

‘सबस्टेशन तयार भयो, अर्को महिना चार्ज गर्ने योजनामा छौं, रेग्मीले भने, ‘विभिन्न समस्याहरू भोग्दै केही ढिला भए पनि सबस्टेशन तयार भएको छ ।’ सबस्टेशनको केही दिन अगाडि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्गले अवलोकन गरी फर्किएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: