हिँड्दा हिँड्दै थकाइ लाग्यो भनेर चौतारोमा बसेर शीतल हावा खानुको मजा नै बेग्लै हुन्छ । तर हिजोआज यस्तो मजा कहाँ पाउनु ! भारी बिसाउने, दुःखसुखका गफ गर्न पितापुर्खाले बनाएका चौतारो अहिले मासिंदै गएका छन् । तिनै मासिंदै गएका चौतारोको संरक्षण अभियानमा दाङको राप्ती गाउँपालिका जुटेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया