×

प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाखको सम्मान

फाल्गुन १९, २०७९ | दाक्सु मिडिया

 रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उनी जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आएका थिए ।

आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त गरेका थिए । जिल्ला सदरमुकाम बेनीदेखि पैदल हिँडेर दुई दिनमा विद्यालय पुगेका आलमले सुरुआतका दिनमा अग्ला पहाड र दुर्गम बस्तीको बसाईलाई बिट मार्ने सोच बनाएका थिए । तर विद्यालयमा अध्यापन गर्दै जाँदा उनले तीन दशक एउटै विद्यालयमा बिताइदिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: