
महानगरले आय ठेक्का दिँदा यसअघि सार्वजनिक खरिद ऐन अनुसार ३५ दिने सूचनाबाट बोलपत्र आहवान हुँदै आएको थियो । तर अब ठेक्का रकमको आधारमा बोलपत्र आह्वानको सूचना मिति तोकिने भएको छ । कार्यविधिमा महानगरले सार्वजनिक सूचना प्रकाशित गर्दा ठेक्का लगाउने अनुमानित रकम २० लाख रुपैयाँसम्म भए १५ दिनको, २० लाख भन्दा बढी १ करोडसम्मको भए २१ दिनको र १ करोड रुपैयाँभन्दा बढी जतिसुकै भए पनि कम्तीमा ३० दिनको सूचना सार्वजनिक रूपमा प्रकाशन गर्ने उल्लेख छ । महानगरले लगाउने आय ठेक्का कम्तीमा एक वर्षको लागि हुने ऐनमा उल्लेख रहेको छ ।
ठूला ठेक्कामा मेयरलाई अधिकार
महानगरले दिने ठेक्काको आय अनुमानमा महानगरपालिका प्रमुखलाई धेरै अधिकार दिएको छ । महानगरले आय अनुमान गर्दा वार्षिक १० करोडसम्मको प्रमुख प्रशासकीय अधिकृतबाट र वार्षिक १० करोडभन्दा बढीको प्रमुखबाट गर्नुपर्ने कार्यविधि महानगरले ल्याएको हो । यस्तै महानगरपालिकाको दीर्घकालीन असर पर्ने रचना तयार गररे आय ठेक्का दिनको लागि गरिने अनुमानको स्वीकृति कार्यपालिकाबाट गर्नु पर्ने उल्लेख गरेको छ ।
आय अनुमान जस्तै ठेक्का स्वीकृतीमा पनि मेयरको सबैभन्दा धेरै अधिकार रहने कार्यविधिमा रहेको छ । १५ करोडसम्मको बोलकबोल भएको प्रमुख प्रशासकीय अधिकृतबाट ठेक्का स्वीकृति हुनेछ भने १५ करोडभन्दा माथिको बोलकबोल भएमा मेयरबाट स्वीकृति हुने व्यवस्था महानगरको कार्यविधिमा उल्लेख छ ।
कार्यविधि अनुसार ठेक्का लिनेले महानगरपालिकालाई तिर्नु पर्ने आय रकम सम्झौतामा उल्लेख भएबमोजिम अग्रिम रूपमा बुझाउनुपर्ने व्यवस्था रहेको छ । अग्रिम रूपमा बुझाउनुपर्ने आय रकमको किस्ता नबुझाएमा सम्झौता भंग हुने र आय किस्ता असुलीको कारबाही अगाडि बढाउने व्यवस्था महानगरले गरेको छ ।











फेसबुकबाट तपाईको प्रतिक्रिया