
सोलुखुम्बुमा भिरबाट लडेर एक युवकको मुत्यु गएको छ । माप्यदुधकोशी गाउँपालिका ३ खास्तापका ३५ वर्षीय अमृत राईको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिनुभयो ।
गत शुक्रबार घरबाट कसैलाई जानकारी नगराई हिडेका राई आज सोही स्थानको दयाखोप भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया