
जिल्ला प्रहरी कार्यालयले पनि पीडित पुनः भेटघाट कार्यक्रमको शुभारम्भ गरेको छ । पीडितको घरदैलोसम्म पुगेर उनीहरुलाई भेट गरी व्यक्तिगत सुरक्षाको विषयमा जानकारी लिने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयबाट कार्यक्रमको सुरुवात गर्ने निर्देशन अनुसार बुधबारदेखि पीडित भेटघाट कार्यक्रमको शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार एक पीडितलाई भेटघाट गरि अभियानको सुरुवात गरिएको थियो । आफनो जिम्मेवारीको क्षेत्रका विभिन्न प्रकारका अपराधबाट पीडित व्यत्ति तथा संस्थाहरुको यकिन विवरण पत्ता लगाई अभिलेख राख्न, पीडित मैत्री वातावरण सिर्जना गर्न साथै पीडितलाई सुरक्षित अनुभूति गराउन, पीडकको पीडा कम गर्दै आत्मबल अभिवृद्धि गर्ने कार्यक्रमको उद्धेश्य रहेको प्रमुख श्रेष्ठको भनाई थियो ।
यस्तै पीडकहरुलाई अधिकार र कर्तव्यका बारेमा जानकारी गराउन, पीडक र निजको पक्षबाट हुन सक्ने दवाव तथा हस्तक्षेपलाई रोक्ने उदेश्यले अभियानको सुरुवात गरीएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
अभियानलाई सफल र प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय र जिल्लाभरिका इलाका प्रहरी कार्यालयमा पीडित सम्पर्क अधिकृत साथै सहायक सम्पर्क व्यक्ति तोकिएको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया