☰ open
×

विकेट नगुमाई नेपालको एक सय रन पूरा

फाल्गुन २५, २०७९

कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । हालसम्म नेपालले कुनै पनि विकेट नगुमाई १ सय रन पुरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभरमा कुनै पनि विकेट नगुमाई १ सय रन बनाइसकेको छ । ओपनर कुशल भुर्तेल अर्धशतक समेत पूरा गरेका छन् । उनी ५४ रन बनाएर खेलिरहेका छन् भने आशिफ शेखले ४३ रन बनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: