☰ open
×

मन्त्री मोदी र आयोगका अध्यक्षहरुबीच भेटवार्ता

फाल्गुन २६, २०७९

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग तीन आयोगका अध्यक्षले संयुक्त भेटवार्ता गरेका छन् ।  शुक्रबार मन्त्रालयमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् । 
भेटका क्रममा आयोगका अध्यक्षहरुले सरकारले ल्याउन लागेको संघीय निजामती ऐनको सन्दर्भमा चासो राखेका छन् । छलफलमा उनीहरुले निजामती ऐन ल्याउँदा समावेशी समानुपातिकताको विषयलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: