☰ open
×

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रीसँग प्रश्नोत्तर

भदौ २१, २०८०

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा विभिन्न मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले उत्तर दिने कार्यसूचीमा उल्लेख छ ।
संसद सचिवालयले जारी गरेको कार्यसूचीअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, अर्थ मन्त्री र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीसँग प्रश्नोत्तर हुनेछ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय महिला आयोगको १५ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा सुरु भएको आठ महिनामा सरकारले बिजनेस पाँच विधेयक दर्ता गरेको छ भने बजेटबाहेक एउटा मात्रै पारित गरेको छ ।
संविधान कार्यान्वयनका लागि ४० वटा कानुन बनाउनु पर्ने राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले गठन गरेको उपसमितिले सुझाव दिएको छ । तर सरकारले नै संसदलाई प्राथमिकतामा नराख्दा बिजनेसविहीनको अवस्था बन्न पुगेको छ ।
संसदले बिजनेस नपाएकै कारण बैठकको कार्यसूचीमा आकस्मिक, शून्य र विशेष समय मात्रै राख्नुपर्ने परिस्थिति बनेको संसद सचिवालयले जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: