
महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले उपराष्ट्रपति पदका लागि आज हुन गइरहेको मनोनयन दर्तामा राजनैतिक दलहरुले सहमतीका आधारमा महिला र फरक समुदायबाट प्रतिनिधि सुनिश्चित हुने गरी मनोनयन दर्ता गराउन आग्रह गरेको छ । नेपालको संविधानको मौलिक हकको कार्यान्वयन र लैङ्गिक समानता तथा सामाजिक समावेशिताको सिद्धान्त अवलम्वन गरी राजनैतिक इमान्दारिता प्रर्दशनका लागि सबै राजनैतिक दलहरु र गठबन्धन सरकारसँग सञ्जालले आव्हान गरेको हो
फेसबुकबाट तपाईको प्रतिक्रिया