×

सोताङ गाउँपालिकाले ४२ करोड ७७ लाखको बजेट पारित

असार १०, २०८२ | दाक्सु मिडिया


सोलुखुम्बु, असार १० – सोलुखुम्बुको सोताङ गाउँपालिकाको १६औँ गाउँसभाले आर्थिक वर्ष २०८२/८३ का लागि ४२ करोड ७७ लाख रुपैयाँको बजेट सर्वसम्मतले पारित गरेको छ।
पालिका उपाध्यक्ष अन्जु नाछिरिङले नीति, कार्यक्रम र बजेट पेश गर्नु भएको थियो। चालु खर्चका लागि ६ करोड २५ लाख विनियोजन गरिएको छ।
अध्यक्ष खिलराज बस्नेतका अनुसार शिक्षा, पूर्वाधार, स्वास्थ्य, पर्यटन र प्रविधिमैत्री शिक्षालाई बजेटमा प्राथमिकता दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: