×

एमबिबिएस डाक्टर अध्ययन गरिरहेका विद्यार्थीलाई मासिक १० हजार रुपैयाँ दिने अध्यक्ष बस्नेतको घोषणा

मंसिर १३, २०८१ | दाक्सु मिडिया

मंसिर १३, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले स्कलरशिपमा नाम निकालेर एमबिबिएस डाक्टर अध्ययन गरिरहेका विद्यार्थीलाई मासिक १० हजार रुपैयाँ दिने अध्यक्ष बस्नेतको घोषणा गर्नुभएको छ । आज विरेन्द्र ज्योति माविको पक्की भवन उद्घाटन गर्दै अध्यक्ष बस्नेतले सोही विद्यालयको पूर्व विद्यार्थीद्वयलाई निर्वाह खर्च बापत प्रतिव्यक्ति मासिक १० हजारका रुपैयाँ दिने घोषणा गर्नुभएको हो । बिरेन्द्र ज्योति माविका २ जना पुर्व बिद्यार्थी जीवन विश्वकर्मा र तरङ्ग नाछिरिङलाई खर्च उपलब्ध गराइने भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: