×

सोताङ गाउँपालिका र महाकुलुङ जोड्ने पुल २ महिनामै सम्पन्न

जेष्ठ १०, २०८१ | दाक्सु मिडिया

सोलुखुम्बुको जिल्लाको दूधकोशी नदि पारिको गाउँपालिका सोताङ र महाकुलुङ जोड्ने बेलिब्रिज पुनः संचालनमा आएको छ । थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको सिमानामा पर्ने दिप्लिघाट स्थित पुल शिलान्यास भएको २ महिनामा निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो ।
गएको भदौ ५ गते बाढीले बगाएको बेलिब्रिज निर्माणका लागी सडक विभागले वर्षायाम अगाडिनै सम्पन्न गरेको छ ।
बुधबार सम्पन्न उद्घाटनमा महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुलुङको अध्यक्षता तथा सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतको प्रमुख आतिथ्यमामा भव्यताका साथ उद्घाटन गरिएको हो ।
५ करोड १० लाख रुपैयाँ अनुमानित लागतमा निर्माण सम्पन्न पुल सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका, गौरीशंकर र मकालु हाइड्रो पावरको संयुक्त सहकार्यमा निर्मिमाण भएको आयोजनाले बताएको छ ।
कार्यक्रममा महाकुलुङ गाउँपालिका उपाध्यक्ष बिपना कुलुङ, प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राई, गौरीशंकर र मकालु एपेक्स हाइड्रोपावरका संस्थापक अध्यक्ष इन्द्र थापा लगायत दुबै पालिकाका स्थानीय  समाजसेवी, बुद्धिजीवीको बाक्लो उपस्थिति रहेको थियो ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: