
सोलुखुम्बु, असार १० सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ८३ करोड ८० लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा मंगलबार सम्पन्न नगर सभाको १६ औं अधिवेशनमा, आगामी वर्षका लागि नीति तथा कार्यक्रम, विनियोजन विधेयक २०८२ र आर्थिक विधेयक २०८२ प्रस्तुत गरिएको हो।
नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाका अनुसार, चालु खर्चतर्फ ४८ करोड ९ लाख १० हजार र पूँजीगत खर्चतर्फ ३५ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ।
बिज्ञप्तिमा उल्लेख भएअनुसार, सडक स्तरोन्नति, कृषि यान्त्रीकरण तथा सुत्केरी भेटघाटका क्रममा घरमै जन्मदर्ता प्रमाणपत्र उपलब्ध गराउने सेवा प्रमुख योजनामा परेका छन्।
नगरपालिका तथा वडा कार्यालयहरूका प्रशासनिक भवन निर्माण कार्यलाई पनि प्राथमिकता दिइएको छ, जसले नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
नगर सभाको १६ औं अधिवेशनको दोस्रो बैठक आगामी असार ३१ गते दिउँसो १ बजेका लागि तय गरिएको नगर प्रवक्ता शेर्पाले जानकारी दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया