×

“हलेसी तुवाचुङमा कोदोको बिस्कुट उत्पादन तालिम: सीप विकासको नयाँ ढोका”

जेष्ठ ३२, २०८२ | दाक्सु मिडिया

काठमाण्डौँ । “कोदोको परिकार, स्वास्थ्यको सुरक्षा, आम्दानीको आधार” भन्ने नाराका साथ हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा कोदोको बिस्कुट उत्पादन, ब्राण्डिङ तथा प्याकेजिङसम्बन्धी सात दिने सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिमको समापन समारोहमा सहभागीहरुले स्थानिय रूपमा उत्पादन गरिएका अर्गानिक सामग्री प्रयोग गरी तयार पारिएका कोदोका विभिन्न परिकारहरूको आकर्षक प्रदर्शन गरेका थिए। प्रदर्शनीमा कोदोको कुकिज, निम्की, डोनट र मफिन जस्ता स्वादिष्ट तथा पोषणयुक्त परिकारहरू प्याकेजिङसहित प्रस्तुत गरिएका थिए, जसले स्थानीय उत्पादनको सम्भावना र व्यवसायिकिकरणतर्फको पहल झल्काएको थियो।

कार्यक्रमका वक्ताहरूले कोदोको पोषणयुक्त गुण र यसको व्यवसायिक सम्भावनाबारे प्रकाश पार्दै, यस किसिमका तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। नगरपालिकाले आगामी दिनमा पनि यस्ता उत्पादनमुखी तालिमहरूलाई प्राथमिकतामा राख्ने बताएको छ।

उक्त तालिममा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धनमा सहयोग पु¥याउने संकेत गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: